पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ।  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो  लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

यसैगरी, राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपात हुनेछ। 

देशभर चिसो बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।