सातवटा ‘लिफ्टिङ स्टेसन’ र चार वितरण केन्द्र रहने आयोजनाले बढी सुक्खाग्रस्त क्षेत्रहरू, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ।
धनकुटा– छथर जोरपाटी गाउँपालिका– ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ। जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत लिफ्ट गरेर ताँखुवा, तेलिया र परेवादिनमा खानेपानी लैजान लागिएको हो।
तमोर नदीबाट उत्तर–पश्चिम १४ किलोमिटर खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ। उक्त आयोजनाबाट एक हजार २९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए। १६ करोड २३ लाख रुपैयाँ लागतमा आयोजना निर्माण शुरू भएको हो।
सातवटा ‘लिफ्टिङ स्टेसन’ र चार वितरण केन्द्र रहने आयोजनाले बढी सुक्खाग्रस्त क्षेत्रहरू, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ।
खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शंकर ओझाले जानकारी दिए। २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ। हालसम्म ४० प्रतिशत काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिए।
योजना अन्तर्गतस ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्यांकी र चारवटा सुरक्षा भवनको काम सकिएको छ। काम गरेको दुई करोड ५० लाख रकम निकासा नपाउँदा थप काम गर्न कठिन भएको उनको भनाइ छ।
“खानेपानी विभागले बजेटको टुंगो छैन। पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ,” उनले भने, “समयमा बजेट उपलव्ध भए असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उहाँले जानकारी दिनुभयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
