अन्नपूर्ण गाउँपालिकाले ३० जनालाई निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बुन्ने तालिम दिएको छ।
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ।
मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालेको हो। केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन तालिम सञ्चालन गरेको जानकारी दिए।
“छजना महिलासहित ३० जनालाई तालिम दिएका हौँ,” उनले भने, “निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नांलो डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाएका छौँ।”
माघ १४ मा शुरू भएको तालिम पाँच दिनसम्म चल्नेछ। चोयाका सामान बनाउन रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुगेका छन्। चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ। “अघिल्लो पुस्ताका नागरिकको मृत्यु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र प्लास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ,” उनले भने, “सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरणमैत्री हुन्छन्।”
प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उनले बताए। प्रशिक्षक पाइजाका अनुसार प्रतिडोको मूल्य एक हजारदेखि दुई हजार ५०० रुपैयाँसम्म पर्छ।
साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए।
“पुर्ख्यौली सीपको संरक्षण र नयाँ पुस्तामा सीपको हस्तान्तरण भएको छ,” कटुवालले भने, “गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने प्लास्टिकजन्य सामानको आयात घटाउँछ।” यस्तो सीपमूलक तालिम अन्य गाउँबस्तीमा पनि आवश्यक रहेको उनले बताए।
अन्नपूर्ण गाउँपालिकामा पाँचवटा सामुदायिक सिकाइ केन्द्र छन्। गाउँपालिकामा भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागी सामुदायिक केन्द्र छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
