लामो समय जिल्ला न्यायाधीश रहेका मरासिनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
काठमाडौँ– पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ।
न्यायाधीश मरासिनीको मंगलबार बिहान हृदयाघातबाट निधन भएको उच्च अदालत पाटनका उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। घरमै हृदयाघात भएका उनलाई कलंकीको नेसनल अस्पताल लगिएको थियो।
मरासिनी अघिल्लो साता मात्रै सरुवा भएर पाटन आएका थिए। लामो समय जिल्ला न्यायाधीश रहेका उनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
उनको मंगलबार एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलाससमेत तोकिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
