सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ।
काठमाडौँ– डेब्यू खेलमै चन्दन रामले ५ विकेट लिएपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो।
एपीएफका सन्दीप जोराले अविजित रहँदै सर्वाधिक १८ रन बनाए। उनले १५ बलमा २ चौका प्रहार गरे। ओपनर आशिफ शेख १५, भुवन कार्की १४ र प्रदीप ऐरी १२ रनमा आउट भए।
सुदूरपश्चिमका दीपक चन्दले सर्वाधिक ४ विकेट लिए। नरेन साउदको नाममा ३ विकेट रह्यो।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले १६.२ ओभरमा ८७ रन बनायो।
सुदूरपश्चिमका नारायण जैशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
खडक बोहराले ३३ बलमा २ चौकासहित २४ रन बनाए। अन्यले भने राम्रो खेल प्रदर्शन गर्न सकेनन्। एपीएफका चन्दन रामले सर्वाधिक ५ विकेट लिए। उनले ७ ओभरमा ५१ रन खर्चिए।
भुवन कार्कीले ३ विकेट लिँदा २ विकेट रोहितकुमार पौडेलको नाममा रह्यो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ। सुदूरपश्चिमको पनि समान खेलबाट ८ अंक नै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
