घरमा बसेका बेला महँगो क्रिम-पाउडर नलगाउनु भनेर बुहारीले सासूलाई भनेपछि उनीहरूबीच झगडा हुन थाल्यो।
सासू र बुहारीको सम्बन्धमा मिठास र तिक्तता बरोबर भइरहन्छ। सासूको अलिकति प्रशंसा पाएपछि बुहारीहरू खुशी हुन्छन् भने गाली सुन्नुपर्दा घरमा ठाकठुक पनि भइदिन्छ। तर सासूले बुहारीको शृंगार (मेकअप) प्रयोग गरेकै निहुँमा घरमा सम्बन्ध बिच्छेदसम्मकै अवस्था आउला त?
भारतको उत्तर प्रदेशमा पर्ने आगराबाट सासू र बुहारीबीचको झगडाको एउटा अनौठो घटना बाहिर आएको छ। यो मामिलामा क्रिम-पाउडरलाई लिएर सासू र बुहारीबीच भनाभन मात्र भएन, दुई-दुई वटा परिवार भाँडिएका छन्।
यो घटना मालपुरा थाना क्षेत्रको हो। जहाँ ८ महिनाअघि फतेहाबाद थाना क्षेत्रका दुई दिदीबहिनीले दुई भाइसँग विवाह गरेका थिए। यसमा कान्छो भाइ जुत्ता कारखानामा काम गर्छन् भने जेठो भाइले टाइल्स लगाउँछन्। बिहेपछि केही महिनासम्म सबै ठिकठाक चल्यो तर दिन बित्दै जाँदा घरमा यस्तो झगडा हुन थाल्यो कि कुरा प्रहरी चौकीसम्म पुग्यो र जिल्लाभर यसको चर्चा हुन लाग्यो।
यो कुरा त्यहाँको स्थानीय पारिवारिक परामर्श केन्द्रमा पुगेपछि बुहारीहरूले आफ्नो मेकअप बक्सबाट सासूले क्रिम पाउडर चोर्ने गरेको बताए। यति मात्र होइन, घरमै बस्दा पनि सासूले क्रिम पाउडर र राम्रा लुगा लगाउने गरेको उनीहरूको आरोप छ। घरमा बसेका बेला महँगो मेकअप नलगाउनु भनेर बुहारीले सासूलाई भनेपछि उनीहरूबीच झगडा हुन थाल्यो।

त्यसपछि सासूले बुहारीहरूको बारेमा छोराहरूसँग कुरा लगाउने गर्न थालिन्। छोराहरूले आमाको पक्ष लिए। जसले गर्दा छोराबुहारीबीच पनि झगडा हुन थाल्यो। उनीहरूबीच झगडा यति बढ्यो कि श्रीमान् र सासूले मिलेर दुई महिनाअघि दिदीबहिनीलाई घरबाटै निकालिदिए। दुवै दिदीबहिनी विगत २ महिनादेखि आफ्नो मामाघरमा बस्दै आएका छन्।
आइतबार दुवै पक्षलाई राखेर पारिवारिक परामर्श केन्द्रमा छलफल भयो तर कुनै नतिजा आएको छैन। श्रीमतीले पनि श्रीमान्सँग घर जान मानेका छैनन्। उल्टै दुवै दिदीबहिनीले उनीहरूका श्रीमान् रक्सी खाएर आउने र आफूहरूसँग अभद्र व्यवहार गर्ने बताएका छन्।
बुहारीहरू कुनै पनि हालतमा सम्झौता गर्न तयार छैनन्। दिनहुँको झगडाले सताउनु भन्दा सम्बन्ध बिच्छेद (डिभोर्स) नै राम्रो हुने उनीहरूले अडान लिएका छन्। पारिवारिक परामर्श केन्द्रका इन्चार्जले पनि दुई पक्षबीच सम्झौता गराउन नसकेपछि अदालतमा मुद्दा चलाउन आदेश दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
