झापा–५ मा ओलीको अग्रता कायमै

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट अग्रता कायम राखेका छन्। मतगणनाको शुरुआतदेखि नै उनी अग्रस्थानमा छन्।

अध्यक्ष ओलीले १७ हजार ४६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३०७ मत प्राप्त गरे।

यसैगरी झापा–५ कै प्रदेशसभामा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन्। झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन्।

प्रारम्भिक परिणामअनुसार उनले ९८१ मत प्राप्त गरेका छन्। यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६३२ मत प्राप्त गरेका छन्।

झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार २३४ मतसहित अगाडि छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले ७४८ मत प्राप्त गरेका छन्।