पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ।
काठमाडौँ– नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा रोजगार अनुमति प्रणाली (ईपीएस) लगायतमार्फत कोरियामा पुगी अनुभव लिएर सफल बनेकाहरूको कथा समेटिएको पुस्तक र ५०औँ वार्षिकोत्सवको लोगो सार्वजनिक गरिएको छ। गणतन्त्र कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
दूतावासका अनुसार ५०औँ वर्षगाँठको लोगो कोरियाली दूतावास र नेपाल सरकारले सम्बन्धित कार्यक्रममा संयुक्त रूपमा प्रयोग गर्ने छन्। लोगोमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र विभिन्न विषयवस्तु समावेश गरिएको छ।
दूतावासले प्रकाशन गरेको ‘तपाई पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तकमा समेटिएका कथाले नेपाली युवालाई व्यवसायसम्बन्धी विस्तृत जानकारी मिल्ने अपेक्षा गरिएको छ। पुस्तकमा ईपीएसलगायत कोरियाको अनुभवी तथा सफल व्यवसायीका कथा समावेश गरिएको छ।
पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ। पुस्तकले कोरियाको अनुभव लिएर फर्किएका धेरै नेपालीलाई प्रेरणा र प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ।
कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना शुरूआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायत विभिन्न क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान निरन्तर वृद्धि हुँदै सुमधुर सम्बन्ध स्थापना भएको दूतावासले जनाएको छ।
दूतावासले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको छ। आगामी दिनमा पनि आपसी साझेदारीमा आधारित कार्यक्रम मार्फत घनिष्ठ सम्बन्ध थप प्रगाढ हुने र द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने दूतावासको विश्वास छ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेपाल सरकारका उच्च अधिकारी, कोरियाको अनुभव प्राप्त सफल व्यवसायी तथा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तियोङ उपस्थित रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
