राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।
काठमाडौँ– सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका थिए। माघ ११ गते भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजयी भएकी थिइन्। सत्ता गठबन्धनतर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रका चम्पा कार्की पराजित भएकी थिइन्।
कोइराला ५ हजार ८६ मतभारसहित विजयी हुँदा कार्कीले ४ हजार ९९२ मतभार मात्र पाइन्। सत्ता गठबन्धनका मतदाताले ‘फलोर क्रस’ गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि कार्की पराजित भएकी थिइन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य १८ सिटमा भने सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका थिए।
सत्ता गठबन्धनको मंगलबारको बैठकमा यसबारे छलफल भएको थियो। छलफलमा कोशीसहित अन्य प्रदेशको मतपरिणामका बारेमा पनि छलफल भएको थियो। बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए।
उनले कोशी प्रदेशमा सत्तापक्षीय गठबन्धनले सिट गुमाएको विषयलाई लिएर छलफल भएको उल्लेख गरे। “कोशीमा अप्रत्याशित रिजल्ट आएको छ। यो गम्भीर छ। यसका बारेमा प्रारम्भिक छलफल भएको छ,” उनले भने।
उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने उनको भनाइ छ। “ गठबन्धन एकमुष्ट छ, एकीकृत छ। गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन,” उनले भने।
लेखकले कोशीको परिणामका विषयमा गम्भीर तरिकाले छलफल हुने बताए। “परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
