ठमेलबाट १३ लाख ६२ हजारसहित ११ जना पक्राउ

काठमाडौँको ठमेलस्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। 

काठमाडौँ– नेपाल प्रहरीले १३ लाख ६२ हजार रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँको ठमेलस्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। 

पक्राउ पर्नेमा काठमाडौँ जोरपाटीका अरुण घिमिरे, काभ्रेपलाञ्चोकका हरिबोल खनाल र किशोर अधिकारी,  चितवनका दीपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, शंकर शाही र राजु पन्त, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लिला डाँगी, बाँकेका मेघनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङ छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।