तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको सम्भावना

पहाडमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

पहाडमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा फाट्टफुट्ट देखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा हुनेछ। 

सुदूरपश्चिम र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।