सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएका छन्।
दुई तिहाइभन्दा धेरै संगीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको अध्ययनले देखाएको छ।
फ्रान्सेली र जर्मन संगीत समाजको अध्ययनले संगीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा यस्तो देखाएको हो।
सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको फ्रान्सको लेखक, संगीतकार र संगीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जीईएमएले जनाएको छ।
सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै संगीत निर्माणसँग सम्बन्धित क्षेत्रको ठूलो संख्यामा एआई प्रयोग गरिरहेको पाइएको छ। यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञसँग पनि गरेको अन्तरवार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ। यो करिब दुई अर्ब ७० करोड युरो बराबर हो।
करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीसँग थप पारदर्शिताको माग गरेका छन्। त्यति नै संख्यामा उनीहरूले राजनीतिज्ञले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन्।
सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई सुस्त बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताए।
प्रतिवेदनमा उनले भने, “हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागु गर्नका लागि यस क्षेत्रमा खेलाडीसँग सक्रिय रूपमा काम गरिरहेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
