पर्यटक बाह्रै महिना ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँड्नु पर्दैन। कच्ची भए पनि सडक पुगेको छ। होटल तथा होमस्टे खुलेका छन्।
ढोरपाटन– एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो। अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि पशुचौपायाको हुल। जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो।
जनैपूर्णिमामा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे। अन्य सिजनमा फाट्टफुट्ट मानिस घुम्न जान्थे। ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे। खाना खाने र सुत्ने होटलको सुविधा थिएन। अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन। कच्ची भए पनि सडक पुगेको छ। होटल तथा होमस्टे खुलेका छन्।
सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन्। ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन्। बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन। काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुंगाको साथै कंक्रिटका घर बन्न थालेका छन्। स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्ने धेरै छन्।
ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका पनि खुशी छन्। पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन्। चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन्। ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ। कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको संख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवनकुमार पुनमगरले बताए।
यहाँका होटल तथा होमस्टेमा एक रातमा करिब ६०० जना हाराहारी पाहुना राख्ने क्षमता रहेको उनले बताए। हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ। सञ्चालनमा आएका होटल शहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताए। पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै लगेका छन्।
ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गंगा भण्डारीले यो क्षेत्र निकै परिचित भए पनि विकासका हिसाबले पछाडि रहेको बताए। स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको उनको गुनासो छ। हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन)मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायी रूपमा बसेर होटल व्यवसाय गर्न थालेको उनको भनाइ छ। गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताए।
“अब यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन,” उनले भने। उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उनको भनाइ छ।
बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ। राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक २०६६ सालदेखि निर्माण शुरू भएको थियो।
बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षित रूपमा काम हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
