दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादवले दूध र दही बिक्री गरेर मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
घोराही– दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादवको पुर्ख्यौली पेसा भैँसीपालन हो। उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन्।
यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन्। जमिन जोडेका छन्। दूध र दही बिक्री गरेर उनले मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
उनको फार्ममा ७२ वटा भैँसी छन्। “ती भैँसीमध्ये अहिले १७ भैँसी दुहुना छन्। दैनिक करिब ६० देखि ७० लिटर दूध बिक्री गरिरहेको छु,” उनले भने, “यसले घरव्यवहार चलाएर बचतसमेत गरिरहेको छु।” उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए। विदेशमा अर्काको अधीनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा सन्तुष्ट रहेको उनी बताउँछन्।
यसअघि उनी वैदेशिक रोजगारीमासमेत गएका थिए। “विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०–७० हजारसम्म कमाई हुन्छ। त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ,” उनले भने, “भैँसी बढाएर पाल्दै आएको छु। आम्दानी पनि राम्रो भइरहेको छ।” आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी नाफा हुने गरेको छ।
गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसान यादवले परिवारसँग बसेर पैसा कमाउन सकिने बताए। त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन्। यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त गरेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
