चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ।
जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ।
जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) का अनुसार जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको छ। यता, चीनले भने ४९ लाख १० हजार सवारी साधन निर्यात गरेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) को तथ्यांक छ।
यद्यपि, चीनको भन्सार विभागले निर्यात संख्या ५२ लाख २० हजार पुगेको र गत वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जनाएको छ।
चीनले सन् २०२३ को शुरूदेखि नै मासिक रूपमा जापानभन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो। हालैका वर्षमा विद्युतीय कारमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र फस्टाएको छ। यसबाट जापानी फर्मलाई चुनौती थपिएको छ।
जापानी निर्माताले लामो समयदेखि हाइब्रिड कार उत्पादनको सर्त राखेका छन्। हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन्।
चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ। यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पुँजीकृत गरेको छ।
सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बीवाईडीले पछि प्लगइन हाइब्रिड र सबै इलेक्ट्रिक वाहन उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ ।
शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बीवाईडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
