बझाङमा एमालेका महरको अग्रता

महरले २१० मत प्राप्त गरेका छन्।

काठमाडौँ- बझाङमा प्रतिनिधिसभा तर्फको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। 

जसमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले अग्रता लिएका छन्। 

महरले २१० मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले १७७ मत ल्याएका छन्।