तीन दिनसम्म लगातार उकालो लागेको शेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा कायम भएको हो।

काठमाडौँ– यो साता लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने दोहोरो अंकले घटेको छ। आज परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा कायम भएको हो।

आज ३१३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार ११० कित्ता शेयर ९५ हजार ६४५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.०४ प्रतिशतले घटेको छ।
 सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६३ करोड ८७ लाख ८२ हजार ६९१ रुपैयाँ बराबरको आठ लाख ८९ हजार ८६८ कित्ता शेयर किनबेच भएको छ।