उनी सवार मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
चितवन– नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ। चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा उनको निधन भएको हो।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को उनी सवार मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो। भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि थिए।
नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन्। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए। विसं २०३६ मा उनी विद्यार्थी नेता हुँदै गर्दा बनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउँथे। नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गरिसकेका थिए। उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
