झापा–१ मा विश्वप्रकाश शर्मा साढे ६ हजार मतले अगाडि

झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन्।

झापा– झापा–१ मा ३४ हजार ४२९ मत गणना भएको छ। पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन्।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले १७ हजार २९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार ७१६ मत प्राप्त गरेका छन्। यो निर्वाचन क्षेत्रमा ८७ हजार ३९६ मत खसेको छ।