नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।
काठमाडाैँ– नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।
बुधबार काठमाडौँमा भएको ‘नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरू विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका विरुद्ध अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अभियन्ताहरूले यस्तो बताएका हुन्।
उनीहरूले आर्थिक सामाजिक हिसाबमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थमाथिको ठूलो आघात भएको बताएका हुन्। उनीहरूले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानी ग्रुपलाई दिने तयारी भएको भए घातक विषय हुने बताए।
नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरू भारतीय कम्पनीलाई सञ्चालन गर्नदिने कुरा आर्थिक, प्राविधि र राष्ट्रको दीर्घकालीन हिसाबले उपयुक्त नभएको उल्लेख गरे। भूपरिवेष्ठित मुलुकहरूले बाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात हुने गरेका भन्दै नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध विस्तारको लागि प्रयोग गरिरहेको उनको भनाइ छ।
उनले नेपालको बाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरू राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताए।
कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए। उनले सरकारले दिन चाहेको भए जनतालाई भ्रममा राख्न नहुने भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने उनको भनाइ छ।
यस्तै, नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने धारणा राखे। उनले मुलुक गरिव र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भए पनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गरे।
उनले वर्तमान सरकार विवादास्पद बन्दै गएको भन्दै मुलुकलाई आघात हुने खालका कामहरू गर्न छुट नभएकाले सबैले खबरदारी गर्न आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
