कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका छन्।
मकवानपुर– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।
उक्त कार्यालयले चालु आर्थिक वर्षमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ ४८ करोड ८६ लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार, ब्याज करतर्फ चार करोड पाँच लाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
विगत छ महिनामा ३२ हजार १८६ करदातामध्ये १२ हजार ७२१ करदाताले आयकर तिरेका थिए भने १९ हजार ४६५ जनाले तिर्न बाँकी रहेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका बताइएको छ।
बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व संकलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन्।
प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व संकलन लक्ष्यको तुलनामा कम भएको बताउनुहुन्छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ५० करोड ३९ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा छ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ संकलन गरेको थियो। गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
