सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।
काठमाडाैँ– आईसीसी यू१९ विश्वकप क्रिकेटको ‘सुपर सिक्स’मा नेपाल बांग्लादेशसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा १६९ रन बनाउँदै अलआउट भएको थियो। १७० रनको लक्ष्य पक्ष्याएको बांग्लादेशले २५.२ ओभरमै पाँच विकेटको क्षतिमा जित हात पारेको हो।
बांग्लादेशको जितमा ओपनर ब्याट्सम्यान सिजन आलमले अर्धशतकीय पारी खेले। ४३ बलमा उनले दुई छक्का र ६ चाैकासहित ५५ रन बनाए। अरिफुल इस्लामले पनि दुई छक्का र सात चौकासहित अविजित ५९ रनको योगदान गरे।
नेपालका लागि सुवास भण्डारी एक्लैले ५ विकेट लिए। उनले आठ ओभरमा ४४ रन खर्चिएका थिए। नेपालको ब्याटिङ प्रदर्शन औसत मात्र भयो। गुलशन झाले राम्रो प्रदर्शन गर्न सकेनन्। समूह चरणको ३ वटै खेलमा बेन्चमा बसेका विशाल विक्रम केसीले भने ६ चाैकासहित ४८ रनको योगदान दिए। यस्तै, कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए।
दुई अंकसहित सुपर सिक्सको खेल शुरू गरेको बांग्लादेश सेमीफाइनल पुग्ने सम्भावना कायमै छ। उसले अर्को खेलमा पाकिस्तानलाई पराजित गर्न सकेमा र रनरेटमा पनि अगाडि रहेमा सेमिफाइनलमा पुग्न सक्छ। अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
