निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।
निगमका अनुसार खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ। अहिले पेट्रोल १६६ र डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री भइरहेको छ। अबको राति १२ बजेपछि मूल्य बढ्नेछ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य १५ रुपैयाँले बढाएर एक हजार ९१० रुपैयाँ कायम गरेको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेबाट जनवरी ३१ मा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४.५३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर २.३२ रुपैयाँले बढेर आएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५.७८ रुपैयाँले बढेर आएको छ।
निगमलाई इन्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा मूल्यसूची पठाउने गर्छ, सोहीअनुसार निगमले इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
