नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ।
कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण भएको हो।
यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकले सघाउँने गर्थे। प्रत्यारोपणका लागि ११ घण्टा लागेको थियो। नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य सामान्य रहेको डा. भण्डारीले जानकारी दिए। ती पुरुषलाई बिहीबार डिस्चार्ज गर्ने तयारी छ। कलेजो दान गरेकी महिलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ।
“यो हाम्रा लागि ऐतिहासिक क्षण हो। नेपालको कलेजो प्रत्यारोपण क्षेत्रमा यो ठूलो माइलस्टोन हो। यसलाई हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइला रूपमा लिएका छौँ,” प्रत्यारोपणबारे जानकारी दिँदै डा. भण्डारीले भने।
यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको साथ र सहयोग रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
