जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।
जुम्ला– जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भएको छ।
जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलंगासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।
हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुशी भएको तिला गाउँपालिमा–१ का पार्वती बुढाले जानकारी दिइन्।
यो यस वर्ष हिउँदको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसानलाई यो हिउँले राहत भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाले बताए। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
