पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाउने समस्या अधिकांश विद्यालयमा थियो। तर अहिले, भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ। हटिया बजारदेखि गाउँ गाउँका विद्यालय पक्की बनेका छन्।
ढोरपाटन– आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए। काठ, माटो र ढुंगाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो। डेस्क, बेन्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए।
पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाउने समस्या अधिकांश विद्यालयमा थियो। तर अहिले, भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ। हटिया बजारदेखि गाउँ गाउँका विद्यालय पक्की बनेका छन्। विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिका शैक्षिक गुणस्तर अघि बढाउनतर्फ लागेको छ।
शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरिरहेको छ। ६२ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१ आधारभूत तहका विद्यालय छन्। सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ। पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकामा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकलाप भइरहेका छन्। शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकास्तरीय सञ्चालन गर्दै आएको छ।
दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नवयुवक आधारभूत विद्यालय गलकोट–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताए। अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु पर्दैन। विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीको आकर्षण बढेको र नतिजा पनि बर्सेनि सुधार हुँदै गएको उनले जानकारी दिए।
“गलकोट नगरपालिकाले गाउँका विद्यालयलाई प्राथमिकतामा राखेर काम गरेको छ। पहिले कच्ची भवनमा विद्यार्थी फोहरमैला र धुलोमा बसेर पढ्थे। स्वच्छ खानेपानी, शौचालय र शैक्षिक सामग्रीको अभाव हुन्थ्यो”, प्रअ गैरेले भने, “अहिले भौतिक संरचनाले पूर्णता भएको छ। विगतको तुलनामा गुणस्तर बढेको पाएका छौँ। शिक्षकलाई प्रविधिसँग जोड्न तालिम पनि पाइराखेका छौँ।”
गलकोट –४ चमुवास्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छ। २०७६ सालमा विद्यालय भवन निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नवीन सुवेदीले बताए। “अहिले विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ। यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ,” उनले भने, “कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन भएको छ। विद्यार्थी खुशी भएर पढ्न रुचाउँछन् भने घरमाभन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँछन्।”
नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ। तह मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७९ बनाएर १२ विद्यालय समायोजन गरिसकेको छ। पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिमा ७४ वटा सामुदायिक विद्यालय थिए। ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि २०७५ सालदेखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो। विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ।
नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ। विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताए। हरेक वर्ष उच्च जिपिए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उनको भनाइ छ।
अंग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाइ क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने उन भनाइ छ। गलकोटले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोहीअनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए।
सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
