‘मेरो नयाँ गीतमा घरको याद, आफन्त र आफ्ना प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।’
गायक विपुल क्षेत्रीको ‘सलल’ बोलको नयाँ गीत बुधबार (माघ १७ गते) सार्वजानिक भएको छ। युवा पुस्तामाझ चर्चित दार्जिलिङका नेपाली भाषी गायक क्षेत्रीले सन् २०१४ मा पहिलो एल्बम ‘स्केच अफ दार्जिलिङ’ सार्वजनिक गरेका थिए। त्यसयता पनि ‘माया’ र ‘समय’ एल्बम सार्वजानिक भइसकेका छन्। उनका ‘सिण्डिकेट’, ‘डढेलो’लगायत गीत चर्चित छन्। क्षेत्रीका अनुसार ‘सलल’ बोलको गीत पहाडको कठिनाइ र अनिश्चितता चिर्न दूरदेश जानेहरूको कथा हो। गीतमा उनले टिस्टालाई बिम्बको रूपमा प्रयोग गरेर पहाडे जीवनको बयान गरेका छन्। क्षेत्रीसँग नयाँ गीतका सन्दर्भमा उकालोका लागि किरण दहालले गरेको कुराकानीः
हिजोआज केमा व्यस्त हुनुहुन्छ?
संगीतकार हुनुका साथै म पेसाले शिक्षक पनि हुँ, त्यसैले यी दुवै कुराले मलाई प्राय व्यस्त राखेको छ।
नयाँ गीत ‘सलल’ बजारमा ल्याउनुभएको छ। नयाँ गीत ल्याउँदाको चटारो कस्तो हुनेरहेछ?
दुई वर्षको अन्तरालपछि नयाँ संगीत सार्वजनिक गर्दैछु। संगीतकारमा नयाँ संगीत ‘रिलिज’ गर्ने उत्साह सधैँ रहन्छ। यो भनेको बच्चाको जन्म भएपछि आफूले संसार चिनाउँदाको खुशीजस्तै हुनेरहेछ।
गीत रिलिज भइसकेपछिको मजाचाहिँ कस्तो हुनेरहेछ?
संसारलाई नयाँ गीत पस्किएको छु। यसको आनन्द अर्कै हुन्छ। यो एक शिल्पमा वर्षौंको कामको परिणति हो। एक कलाकारको मिहिनेत अनि कलाकारितालाई श्रोताअघि पुर्याउँदाको क्षण साह्रै आनन्ददायी हुन्छ।

नयाँ गीतमा घर छाड्न बाध्य युवाको कथा–व्यथा छ। अलिकति गीतको पृष्ठभूमि बताइदिनू न! यही विषय दिमागमा कसरी आयो?
यो गीत एक वर्ष अघिदेखि अर्कै आधारमा बनाउन शुरू भएको हो। तर समयसँगै धून पनि घुमिरह्यो र कथामा अल्झिन पुग्यो। हरेकचोटि जब म आफ्नो शहर कालिम्पोङ फर्किएँ, मैले आफूजस्तै धेरै मान्छेसँग चिनजान हुने मौका पाएँ। धेरैले मजस्तै जीविका चलाउन, आफ्नो परिवारलाई सहारा दिलाउन र अन्य यस्तै विभिन्न परिस्थितिका कारण आफ्नो घरबार छोडेका छन्। यो गीतमा घरको याद, आफन्त र आफ्नो प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।
गीतको धुन आफैँ एक फरक स्पर्शमा घुम्न थाल्यो र यो कथासँग समाप्त भयो। हरेकचोटि जब म आफ्नो गृहनगर कालिम्पोङ फर्किएँ, मजस्तै मानिससँग ठक्कर खाएँ जसले जीवन चलाउन आफ्नो घरपरिवार छाड्नुपरेको थियो।
गीतमा उठाएजस्तो तपाईंले देख्नु र भोग्नु भएको पहाड कस्तो हो?
गीतमा उल्लेख गरिएका कुराहरू जे जति छन् त्यो सबै मैले या हामीले हाम्रो पहाडमा देखेका, भोगेका तथ्यहरू हुन्। पहाडको मात्र होइन, यो कथा मधेशको पनि हो। गीतमा उल्लेख गरिएको पहाड प्रतिनिधि पहाडमात्र हो, सबैतिरको अवस्था उस्तैउस्तै हो।
तपाईंले आफ्नो गीतमा किन टिस्टा खोलाको प्रसंग ल्याउनुभयो?
टिस्टा खोलामा लगाएको बाँधबारे शायद तपाईं पनि अवगत हुनुहुन्छ होला। मान्छेले आआफ्नो स्वार्थ हेरेर त्यहाँ बाँध बाँधे तर लाखौँ कोशिश गरे पनि टिस्टा बग्न छाड्ने छैन। जस्तोसुकै परिस्थितिमा पनि मानिसको स्वार्थलाई प्रवाह नगरी बगिरहन्छ। टिस्टा खोलाको प्रवाहको असीमतालाई बिषय बनाएर यो गीत रचिएको हो।
नेपालमा तपाईंको गीत मन पराउने धेरै छन्। रामसाइँली, तिमी जाने सिलगुढी, अथवा समयलगायत गीत काठमाडौँका सडक, क्याफे वा गाडीमा बेलाबेला सुन्न पाइन्छ। तपाईंलाई असाध्यै मन परेको आफ्नै गीत कुन हो र किन?
मेरा श्रोताले डढेलो गीतलाई अत्यधिक मन पराए, मलाई पनि आफ्नो संगीतमध्ये सबैभन्दा प्यारो लागेको गीत यही हो। डढेलोलाई म सधैँ कदर गर्नेछु किनकि मैले लेखेको र संसारमा सार्वजनिक गरेको त्यो पहिलो नेपाली गीत हो। यो मेरो जीवनमा सबैभन्दा पहिले कोरिएको नेपाली गीत र संगीत हो। यसका साथै, रामसाइँली मलाई मनपरेको अर्को गीत हो। नेपाली संगीतमा मेरो पहिचान यही गीतबाट भएको हो। मैले रेकर्ड गरेको, रचेको अनि संगीत दिएको गीतहरू सबै नै मेरो हिसाबमा लोकप्रिय छन्। मेरा हरेक गीतको मभित्र छुट्टै स्थान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
