बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेको सीआईबी टोलीले सो कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।
उनलाई सीआईबीको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो। सीआईबीस्रोतले थापालाई बिहीबार बिहान ११ बजे बत्तिसपुतलीस्थित उनकै निवासबाट पक्राउ गरेको जनायो।
थापासँगको मिलेमतोमा चौधरी ग्रुपले कारखानाको १० रोपनी जग्गा कब्जा गरेको विषय उकालोले उजागर गरेको थियो।
त्यस्तै, सीआईबीले उद्योगी–व्यापारी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ। उनीहरूलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिना प्रकरणबारे अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीस्रोतको भनाइ छ।
विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर शेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थापा थिए।
उनले उकालोसँगको कुराकानीमा कारखाना लगातार घाटामा गएपछि उत्पादनलाई विविधीकरण गर्ने र नयाँ जुत्ता उत्पादन गर्ने उद्देश्यले च्याम्पियन फुटवेयरसँग जुत्ता उत्पादनमा सहकार्य गर्ने निर्णय गरिएको दाबी गरेका थिए।
यो पनि
- बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
- बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ
- बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
- चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
- चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
- अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
- बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
- संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
- बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
