वैदेशिक रोजगारीका लागि अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एजुकेसन कन्सल्टेन्सी सञ्चालक विकास वाइबा/तामाङलाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० जनाभन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा तथा युरोपियन मुलुक माल्टा, पोल्यान्ड, क्रोशियालगायतका देशमा पठाइदिन्छु भन्दै ६०० जना बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ललितपुर साबिकको नल्लु गाविस वडा नम्बर ५ र हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन्।
उनले काठमाडौँ महानगरपालिका– १६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबा(तामाङ)को नक्कली परिचय दिई युरोपियन मुलुक पठाइदिन्छु भनी ६०० बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए।
यो पनि : ‘कन्सल्टेन्सी’को धन्दा: वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी
उनका अनुसार तामाङ वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए। उनका अनुसार पक्राउ परेका तामाङले कामदारका रूपमा पठाउँछु भनेर क्यानडाका लागि १८ लाख, माल्टाका लागि आठ लाख, पोल्यान्डका लागयि आठ लाख र क्रोसियाका लागि ६ लाख ५० हजार रुपैयाँ लिने गरेको खुलेको छ। ६०० भन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म रकम लिएको प्रहरीले बताएको छ।
ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर वसुन्धरामा ५० प्रतिशत शेयर, हुन्डाइको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
