बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी चौधरी र बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा अस्पताल भर्ना भएका छन्।
काठमाडौँ– बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना, ठगी र किर्तेको आरोपमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नबसी काठमाडौँको चिरायु अस्पताल भर्ना भएका छन्।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई चार दिनको म्याद पाएको थियो।
तर उनीहरू स्वास्थ्य अवस्थालाई देखाउँदै हिरासतमा नबसी अस्पताल भर्ना भएका हुन्। ६२ वर्षीय चौधरीले उच्च रक्तचापको औषधि खाइरहेको, मुटुमा पनि समस्या भएको र मधुमेह पनि भएको मेडिकल रिपोर्टबाट देखिएको छ। ८२ वर्षीय थापालाई भने उच्च रक्तचाप भएको पाइएको छ।
अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।
थापा विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर शेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थिए।
बाँसबारीको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले नियमविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको सरकारी कागजातहरूले देखाउँछ।
यो पनि :
समाचार प्रभाव– बाँसबारी जग्गा प्रकरणको ‘फाइल खोल्न’ सीआईबीले खर्चेका ३ महिना
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
