कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको  पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ।

चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।