काठमाडौँ–२ मा सोबिता गौतमको अग्रता कायमै

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् भने नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती चौथो स्थानमा छिन्।

काठमाडौँ– काठमाडौँ-२ राष्ट्रिय स्वतन्त्र पार्टीको सोबिता गौतमको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामा अनुसार गौतम ९ हजार ६३७ मतसहित अग्रता कायमै राखेकी हुन्। 

उनका निकटम प्रतिस्पर्धी रहेका नेकपा एमालेका मणिराम फुयाँलले ७ हजार ३८७ मत ल्याएका छन्।

काठमाडौँ–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रोमा रहेको छ। यहाँ राप्रपाकी कुन्तीदेवी पोखरेल ६ हजार ७६९ मत ल्याएकी छन्।

त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएकी ओनसरी घर्ती मगर चौथो स्थानमा छिन्। उनले ६ हजार १९३ मत पाएकी छन्।