गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे। 

काठमाडौँ– रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। 

बिहीबार राति भएको खेलमा रियलले घरेलु टोली गेटाफेलाई २–० ले पराजित गरेको हो। 

खेलको १४औँ मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अग्रता दिएका थिए। ५६औँ मिनेटमा जोसेलुले नै गोल गर्दै टोलीलाई सहज जित दिलाए। 

जितसँगै रियल २२ खेलबाट ५७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको जिरोना ५५ अंकका साथ दोस्रो स्थानमा छ।