गाजामा सबैखाले हिंसा रोक्न साष्ट्र संघका महासचिवको आह्वान

महासचिव गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सबैखाले हिंसा रोकिनुपर्ने बताएका छन्। गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न उनको आह्वान छ। 

“म धेरै ढिलो हुनुअघि स्थितिलाई कम गर्न र यस क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदम चाल्न आह्वान गर्छु,” प्यालेस्टिनी जनताको अपरिहार्य अधिकार अभ्यास समितिको बैठकमा उनले भने, “प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभूति, न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्छ।”

पूर्वी जेरुसेलमलगायत कब्जा गरिएको वेस्ट बैंकको बिग्रिँदै गएको स्थितिमा पनि आफू केन्द्रित रहेको उनको भनाइ छ। “इजरायलीविरुद्ध प्यालेस्टिनी आक्रमण पनि जारी छन्। वेस्ट बैंकको अवस्थाबारे म अत्यन्तै चिन्तित छु,” उनले भने, “यो सबै हिंसा रोकिनुपर्छ। दोषीलाई जबाफदेही बनाइनुपर्छ।”

राष्ट्र संघले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न खोजिरहेको महासचिव गुटेरेसको भनाइ छ।