नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले फ्रान्सको क्लबबाट खेल्ने भएकी छन्।
उनलाई फ्रान्सको शीर्ष डिभिजन क्लब एन आभान्ट गुइनगाम्पले अनुबन्ध गरेको हो। क्लबले बिहीबार आफ्नो अफिसियल फेसबुक पेज र वेबसाइटमार्फत यसबारे जानकारी दिएको छ।
सावित्रा गत साउनमा इजरायलको क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी थिइन्। इजरायल र हमासबीच युद्ध शुरू भएपछि नेपाल फर्किएकी थिइन्। उनी सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन्। स्वास्थ्य परीक्षणपछि अनुबन्ध गरिएको क्लबले जनाएको छ। त्यहाँ उनले २८ नम्बर जर्सी प्रयोग गर्नेछिन्।
नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्। यसअघि भारतमा ‘इन्डियन वुमन्स लिग’ खेल्दै सावित्राले तीन पटक उपाधि जितिसकेकी छन्।
नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले उनलाई युरोपमा जोडिन सहयोग गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
