टीआरसी विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने ओलीको भनाइ छ।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धि (टीआरसी) विधेयक सबैको सहमतिबाट मात्र पास गर्नुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि ओलीले यस्तो बताएका हुन्। यद्यपि ओलीले उक्त विधेयकमा एमालेका अडान भने कायमै रहेको बताए।
“शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा। अलिक त्यसलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔँ भन्ने छलफल भएको हो,” उनले भने, “पीडितमैत्री विधेयक बन्नुपर्ने एमालेको अडान यथावत् छ।"
भेटका क्रममा आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। संघीय संसद्का दुवै सदनको बैठक माघ २२ गते बस्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
