अपराध तथा ठगीमा संलग्न राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको गृहमन्त्रीको भनाइ छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्य लुट्ने छुट दिन नसकिने बताएका छन्।
गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको आयोजनमा शुक्रबारदेखि पोखरामा शुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले अपराध तथा लुट मच्चाइरहेका कुनै राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको उल्लेख गरे।
“कुनै अपराध, ठगी, जालसाजी, लुटमा कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे पक्राउ पर्यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्छन्। ऊ त नेता हो। हाम्रो पार्टीको हो या गठबन्धनको हो या प्रतिपक्षको हो। गर्न पाइँदैन। कर्मचारी कुनैले गल्ती गर्यो र कारबाही गर्न थाल्यो भने कर्मचारी संगठन बोल्न थाल्छ। कर्मचारीलाई त त्यस्तो गर्न भएन नि भनेर। अनि उद्योग व्यवसायीले पनि गल्ती, अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी शुरू हुन्छ। दबाब शुरू हुन्छ। उद्योग–व्यवसायीलाई त गर्नु भएन नि हामीले कर तिरेका छौँ,” उनले भने।
उनले जसले जे दबाब दिए पनि कसैलाई पनि राज्यलाई लुट्ने, जालसाजी गरेर ठग्ने तथा अपराध गर्ने छुट दिन नसकिने बताए। देशलाई लुट्ने, जालसाजी तथा ठगी गर्नेलाई नियन्त्रणमा लिँदा विभिन्न शक्तिकेन्द्रबाट छाड्न दबाब आइरहने हो भने देश बनाउन नसकिने उनको भनाइ थियो। “कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न, कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न, कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्न,” उनले भने, “दबाब र हस्तक्षेपको प्रक्रिया भइरहने हो भने हामीले हाम्रो देशलाई बनाउनै सकिन।”
उनले संविधान, ऐन कार्यान्वयन गर्दै लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायलाई दृढतापूर्वक उभिन आग्रह गरे। उनले कर्मचारी तथा सुरक्षा निकाय कुनै पनि प्रकारको अवाञ्छित क्रियाकलापबाट भयभीत हुनु नपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
