चितवन–२ मा रवि लामिछानेको अग्रता, पछ्याउँदै कृष्णभक्त

चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नेकपा एमालेका कृष्णभक्त पोखरेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १२ सयभन्दा बढी मतान्तरले अग्रता लिएका छन्। 

ताजा मतपरिणामअनुसार रविले ५ हजार ५४२ मत ल्याएर अग्रता लिएका हुन्। उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले पछ्याइरहेका छन्। उनले ४ हजार २९१ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७२२ मतसहित तेस्रोमा छन्। यहाँ मतगणना जारी छ।