सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।
बागमती– सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ।
सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्। विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए। बजेट अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो।
बजेट अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ। उक्त उपदान नपाउने कर्मचारीको संख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ।
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ। हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ। उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार ४५६ बोरा सिमेन्ट बिक्री भइसकेको छ।
उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तर रूपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया शुरू गरिएको बताए। कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए। उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ।
आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ रुपैयाँ नोक्सान भएको थियो। गत आवमा मात्र २३ करोड ५५ लाख रुपैयाँ नोक्सान भएको थियो।
उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर संघले आन्दोलन गरिरहेको छ। उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब ३०० कर्मचारी कार्यरत रहेका छन्। यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निरन्तर सञ्चालित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
