उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
काठमाडौँ– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ।
दोलखा निवासी थापा उक्त गण हेडक्वाटरको बंकरमा ड्युटीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेला परेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको उनले बताए। त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
