जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा नेपाल भारतसँग पराजित भएको छ। सुपर सिक्सअन्तर्गत शुक्रबारको खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको हो।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान देव खनालले ५३ बलमा २ चौकासहित ३३ रन बनाए। दुर्गेश गुप्ताले अविजित २९ रन बनाए।
ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए। आकाश चन्दले १८ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
भारतका लागि सौम्य पाण्डेले ४ र असरिन कुलकर्णीले २ विकेट लिए। साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले १/१ विकेट लिए।
दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रनको योगफल बनाएको थियो।
भारतका सचिन दासले सर्वाधिक ११६ रनको योगदान दिए। उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। कप्तान उदय सहरानले १०७ बलमा ९ चौकाको सहयोगमा १०० रन बनाए।
आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए। मुसहिर खानले अविजित ९ रन बनाए। नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
