यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राति, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको एक–दुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ। 

कोशी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।