अस्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एशियन कपको सेमिफाइनलमा

खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।

काठमाडौँ– अस्ट्रेलियालाई अतिरिक्त समयमा पराजित गर्दै दक्षिण कोरिया एशियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार राति भएको खेलमा पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले २–१ को जित हासिल गरेको हो। 

४१औँ मिनेटमा क्रेज गुडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए। कोरियाले इन्जुरी समयमा बराबरी गोल गरेको थियो।

इन्जुरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्वांग हि–चानले गोल गरेका थिए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

अतिरिक्त समयको १४औँ मिनेटमा कोरियाले अग्रता लियो। कप्तान सन ह्युन मिनले गोल गर्दै कोरियालाई अन्तिम चारमा पुर्‍याए।

कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।