जारी मतगणनामा नेपाली कांग्रेस ४८, नेकपा एमाले ३४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।
काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १४७ स्थानमा मतगणना जारी छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
आयोगका अनुसार हालसम्म काठमाडौँ-४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ-१ मा टेकबहादुर गुरुङ र मुस्ताङ-१ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्। जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन्। नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।
देशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, कांग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन्। मधेस प्रदेशमा जनमत पार्टी दुई, कांग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन्। मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन्। सप्तरी निर्वाचन-१ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन्।
बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चार/चार तथा अन्य दुई स्थानमा अगाडि छन्। बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौँ-१ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर-१ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन्।
गण्डकी प्रदेशमा कांग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन्। गण्डकीमा मनाङ क्षेत्र नं १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन्। मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।
लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन्। कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र चार/चार तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
