त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। मान्छेको साथमा वास्तवमा देश रोइरहेको छ। तर, देश रोएको नेतृत्वले कहिल्यै सुनेनन्।
काठमाडौँ– विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन। तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने अवस्था भने देशको लागि राम्रो कदापि हुन सक्दैन।
नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको संख्या ठूलो छ। धेरैजसो नेपाली स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन्। कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन्।

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ। आफ्नो परिवारलाई राम्रो, खुशी र सुखसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपाली त उतै अस्ताउँछन्। त्यति मात्रै होइन, शव ल्याउन पनि राजनीति हुन्छ।

सीप सिकेर गएकाले केही काम गर्न सक्छन्। तर सीप सिकेर विदेश नगएकाहरू कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन्। यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन्। यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन्। यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्व अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन्। बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ। देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ। देख्छ। न त रोएको देशलाई कहिल्यै मलमपट्टी लगाउने बारेमा ध्यान दिन्छ। जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ। त्यसैले नै होला भोलिका भविष्यहरू आज आँसु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न बिदेसिएका छन्। परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एक पटक रुवाएर र आफू रोएर भए पनि विदेश जाँदै छन्। उनीहरू आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन्।

नेताहरू नै दुई थरी कुरा गर्छन्। मन्त्रीहरू एकातिर स्वदेशमै रोजगारी दिने कुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन्। चिकित्सक, नर्स, श्रमिकका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामले नै देखाउँछ। समग्रमा भन्दा आज देशको भविष्य रोएको छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
