शिक्षा र सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले नयाँ सीप सिकिरहेका छन्।
काठमाडौँ– काठमाडौँको कोटेश्वरस्थित रत्नराज्य माविमा कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए। कागजका टुक्रा र केही सिन्का पनि बटुले। त्यसलाई आकार दिन थाले। आफ्नो पहिलो अभ्यासमै उनीहरूले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे। त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे। व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेनन् उनीहरूका सिर्जना।
पिपलका हाँगा पात र फललाई आकारमा ढालेर पिपलको रुख नै बनाइदिए। कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे। सिन्का जेडेर घर र छाना बनाइदिए। अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे। उनीहरूले बनाएको सिर्जनामा एउटा सुन्दर बस्ती छ। सडकमा मानिस आवतजावत गरिरहेका छन्। छेवैमा पिपलको छहारी छ। गाडी पनि देखिन्छन्। एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेजस्तो देखिन्छ। माथि निलो आकाशमा चराहरु स्वच्छन्द रूपमा उडिरहेका संकेत गरिएको छ। छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ।
झट्ट हेर्दा त्यो ‘कोलाज’नभएर सुन्दर ‘पेन्टिङ’ हो। कोलाजमा आफ्नो कला प्रस्तुत गरेका छन्। केही महिनाको सिकाइमा कागजमा सुन्दर सिर्जना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुशी छन्। त्यसका साथै उनीहरूले स्केच, पेन्सिल आर्ट पनि आकर्षक बनाएका छन् भने अब माटो कला सिक्दैछन्।
शुक्रबार अन्य विद्यार्थी पनि यसैगरी कला सिर्जनामा तल्लीन थिए। उनीहरूलाई सोनी राईलगायत समूहले ‘आर्ट’ सिकाइरहेका थिए।
शिक्षा र सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले यसरी नयाँ सीप सिकिरहेका छन्।
यो सीप सिकाइ विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहीद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ। यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी ५१७ जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन्। उनीहरूलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ। विद्यार्थीले स्केच, पोस्टर कलर, पेन्सिल कलर सिकिसकेका छन्। अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन्।
प्रशिक्षक सोनी राई भन्छिन्, “अब कक्षा सकिएपछि भविष्यमा आर्टिस्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ। भविष्य आर्टमा खोज्न सक्छन्। यदि भएन भने जुनसुकै क्षेत्रमा जाँदा पनि आर्ट महत्त्वपूर्ण हुन्छ। फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ। यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ।”
रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुशी भेटिए। पहिलो पटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगंगा दर्शनधारीले महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाइ भएको बताइन्।
“यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ। विद्यार्थी कला सिर्जना गर्न पाएकामा खुशी र उत्साहित देखिएका छन्। यसले भविष्यमा उनीहरूलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ,” दर्शनधारीले भनिन्।
यो ९० घण्टाको कार्यक्रम हो। यसमा ५१७ जना विद्यार्थी सहभागी भएका छन्। अन्तिममा विद्यार्थीले गरेका कामको प्रदर्शनीसमेत गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
