मेक्सिकोको पुएब्ला राज्यबाट २ हजार ५०० आप्रवासीको उद्धार

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच जना मेक्सिकन नागरिकलाई मुद्दासमेत चलाइएको छ।

मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरिएको छ।

संघीय, राज्य र नगरपालिका स्तरका अधिकारीको समन्वयमा गत जनवरीमा आप्रवासीको उद्धार गरिएको नेसनल माइग्रेसन इन्स्टिच्युटले जनाएको छ।

ती आप्रवासी ल्याटिन अमेरिका, अफ्रिका र एशियाका ३६ वटा देशबाट पुगेका थिए। “सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६ महिला र ९८९ पुरुष छन्। उनीहरू एक्लै यात्रा गरिरहेका थिए। र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,” इन्स्टिच्युटद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधमा अनुसन्धान शुरू गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

यसैबीच मानव बेचबिखनमा संलग्न भएको अभियोगमा  पाँच जना मेक्सिकन नागरिकलाई मुद्दासमेत चलाइएको छ।