त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो।
आर्मीविरुद्धको खेलमा पुलिस ६ विकेटले विजयी भएको हो। उपाधि विजेता पुलिसले ट्रफीसँगै १० लाख र उपविजेता बनेको आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन्।
आर्मीले दिएको १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। पुलिसका लागि शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए। ४३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। अमित श्रेष्ठले २८ र आरिफ शेखले २७ रनको योगदान दिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनायो। विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए । यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए। त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए। आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
