प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका बाँकी काम राजनीतिक दलहरूको सहमतिमा टुंग्याउने बताएका छन्।
उदयपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका बाँकी काम राजनीतिक दलहरूको सहमतिमा टुंग्याउने बताएका छन्।
रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत सशस्त्र द्वन्द्वकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुंग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले अहिले पहिले जस्तो आर्थिक संकट नभएको भन्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक भएको बताए।
प्रधानमन्त्री दाहालले शनिबार नै उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरेका थिए। प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए।
अनुगमनका क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए। अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
