रायमाझीले आफ्ना प्रतिस्पर्धी खतिवडालाई २ हजार ३५८ मतको अन्तरमा पराजित गरेका हुन्।
काठमाडौँ– उदयपुर–२ मा नेकपा एमालेका अम्वरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले १५ हजार २५१ मत प्राप्त गरे।
सत्ता गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगनाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे।
निर्वाचन आयोगका अनुसार रायमाझीले आफ्ना प्रतिस्पर्धी खतिवडालाई २ हजार ३५८ मतको अन्तरमा पराजित गरेका हुन्। स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गरे।
२०७४ सालको निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार सुरेशकुमार राई विजयी भएका थिए। राईलाई एमालेको साथ थियो। उनले २२ हजार ५५१ मत पाएका थिए।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत पाएका थिए। यसपटक कांग्रेस र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
